सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले साविक गाउँ विकास समितिका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । महालक्ष्मी वडा नं.–६ र ७ मा निर्माण गरिएको वन झाँक्री पार्क उद्घाटनको अवसर पारेर एक दर्जन भन्दा बढी पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

Advertisement

साविकको जितपुर, लेगुवा, मुर्तिढुंगा, मारेककटहरे, चानुवा र डाँडागाउँ गाबिस मिलेर महालक्ष्मी नगरपालिका बनेको हो । पहिले गाबिसमा हुँदा रहेका जनप्रतिनिधिहरुलाई नगरपालिकाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा साविक अर्खौले जितपुर गाविसका अध्यक्ष अग्नीप्रसाद पौडेल, चानुवाका अध्यक्ष दिपक बुढाथोकी, मूर्तिढुंगाका अध्यक्ष घनेन्द्रराज श्रेष्ठ, मारेककटहरेका अध्यक्ष धनबहादुर पुँवर, अर्खाैलेका अध्यक्ष रुद्रबहादुर तुम्बा र मूर्तिढुंगाका अध्यक्ष निर्मल काफ्लेलाई सम्मान गरिएको छ ।

 

त्यस्तै, लेगुवाका गाँउपञ्चायत पंञ्चप्रधान मानबहादुर मिश्र, लेगुवा गाविसका उपाध्यक्ष सोभित भण्डारी, डाँडागाउँका उपाध्यक्ष चित्रमणी कार्की, मारेककटहरेका उपाध्यक्ष जितबहादुर अधिकारी, अर्खौले जितपुर गाँउ पञ्चायतका उपप्रधानपञ्च खोजबहादुर खड्का, मूर्तिढुंगा गाँउ पञ्चायतका उपप्रधानपञ्च भक्तलाल मादेन र मारेककटहरे जिल्ला पञ्चायत सदस्य ४ नं. क्षेत्र एवं मारेककटहरे गाँउ पञ्चायत प्रधानपञ्च लिलाबहादुर केसी लगायतलाई सम्मान गरिएको हो ।

उनीहरुलाई पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश सांसद इन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी लगायतले दोसल्ला र अबिर लगाई सम्मान पत्र प्रदान गरी सम्मानित गरेका हुन् ।

लोगो बनाउँने र नगर गान रचना गर्नेलाई सम्मान

महालक्ष्मी नगरपालिकाले नगरको लोगो निर्माण गर्ने मुकुन्द प्रयास र नगर गानका रचनाकार कृष्णकुमार रानालाई सम्मान गरेको छ । नगरपालिकाको प्रतिक चिन्ह लोगो आफ्नो कलाको माध्यमबाट निर्माण गर्ने प्रयास र शव्दशील्पको माध्यमबाट नगर गान रचना गर्ने कृष्णकुमार रानालाई सम्मान गरिएको हो ।

उनीहरुलाई जनही नगद २०/२० हजारसहित प्रशंसा पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!