संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा धनकुटाका पत्रकारहरुले बुधबार विरामीलाई फलफुल वितरण गरेका छन् । महासंघ धनकुटा शाखाले जिल्ला अस्पताल र मोडल अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

Advertisement

दुवै अस्पतालमा उपचार गराइरहेका करिब २० जना विरामीहरुलाई फलफुल वितरण गरिएको महासंघले जनाएको छ । महासंघका केन्द्रिय सदस्य सरिता बराइली, प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ्ग, जिल्ला अध्यक्ष नगेन्द्र राई, संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राई, निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे लगायतले विरामीलाई फलफुल वितरण गरे ।

तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

यसैबीच, स्थापना दिवसकै अवसरमा बिहान धनकुटा बजारमा प्रभातफेरी पनि गरियो । भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी बिचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेर समापन भएको थियो । महासंघको आयोजनामा भएको प्रभातफेरीमा जिल्लामा क्रियाशिल दुई दर्जन बढी पत्रकारहरु सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!