- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार साँझ सम्पन्न बैठकले योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले पाँचथरका डा.पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी यसअघि आयोगका सदस्य थिए । त्यस्तै आयोगको सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ) लाई नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका नवनियुक्त प्रवक्ता उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । सोमबारकै बैठकले यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेलाई प्रवक्ता तोकेको हो ।

बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यता, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष र सदस्य सचिवलाई भने हटाइएको छ । बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ संशोधन गरी नयाँ कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।

बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ पनि स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!