- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका एक डाक्टर आज मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव मृत भेटिएका हुन् ।

Advertisement

विराटनगर–४ स्थित बुढाथोकी मार्गको एक घरमा आज बिहान हात बटारिएको अवस्थामा उनी मृत भेटिएका हुन् । उनी शुक्रबार कटहरीमा भएको नोबेलको स्वास्थ्य शिविरमा गएर फर्किएका थिए ।राती १ बजे उनी बसेको स्थानमा झगडा भएको आवाज आएको स्थानीयले बताएका छन् । नोबेलको हाड जोर्नी विभागमा उनी पाँच वर्षदेखि कार्यरत थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!