संगालोखबर सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय २३ वर्षीय मुकेश भट्टराई छन् ।

Advertisement

शनिबार बेलुका करिब साढे ८ बजे चट्याङ लाग्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको थियो । तर त्यहाँका स्वास्थ्यकर्मीले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनी पालिकास्तरीय भलिबल खेलाडीसमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!