- संगालोखबर सम्बाददाता

धनकुटा । भेडेटार नजिक आज बिहान बस र टेम्पु जुध्दा टेम्पु चालकको मृत्यु भएको छ । एक जना घाइते छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख ४४८० नम्बरको बस र विपरित दिसाबाट जाँदै गरेको को २ ह ७०४१ नम्बरको टेम्पु बिहान करिब ७ बजे धरान–४ स्थित देवीथानमा जुधेका हुन् ।

दुर्घटनामा परी टेम्पु चालक बराहक्षेत्र घर भई धरान–१७ बस्ने खड्गबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायमाझीले जानकारी दिए ।

दुर्घटनामा परी १५ बर्षीया वालिका उसा लिम्बु घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!