संगालोखबर सम्बाददाता
फायल तस्बीर

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामप्रसादराई–७ का २० बर्षीय जेबि राई छन् ।

गएराती १० बजे भोजपुरबाट ईटा बोकेर बासीखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल झरेको थियो । दुर्घटनामा राई गंभीर घाइते भएका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय घोडेटारको टोली घटनास्थल गएर घाइतेलाई जिल्ला अस्पताल भोजपुर पठाएको थियो । अस्पताल पुर्याएपछि डाक्टरले राईलाई मृत घोषित गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!