- संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाका सदस्य भोजबहादुर विश्वकर्माको निधन भएको छ । जण्डिसको समस्याबाट ग्रसित ४० बर्षीय विश्वकर्माको गएराती निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विश्वकर्मालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

प्रतिष्ठानमा उपचारका क्रममा राती करिब ३ बजे उनको निधन भएको नेकपा एमाले धनकुटाका कार्यालय सचिव नैन विश्वकर्माले जानकारी दिए । छथर जोरपाटी गाउँपालिका–४ पुख्र्यौली घर भएका विश्वकर्मा हाल धनकुटा नगरपालिका–५ देवानटार बस्दै आएका थिए । उनी नेपाल उत्पीडित जातिय मुक्ति समाजका नव निर्वाचित केन्द्रिय सदस्य पनि हुन् ।

मृतकको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार बिहान १० बजे सिरवानीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा राखिने भएको छ । मृतक विश्वकर्माका श्रीमतीसहित एक छोरा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!