संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका–५ सिसाघारीकी ३८ बर्षीया नानुमाया दाहालको हत्या आरोपमा उनका श्रीमान ४२ बर्षीय पोष्टराज दाहाल पक्राउ परेका हुन् ।

बिहान करिव ४ बजे नानुमाया शौचालयमा रहेका बेला पोष्टराजले चिर्पटले उनको टाउकोमा हानेका थिए । चिर्पटले लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले पोष्टराजलाई नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!