- संगालोखबर सम्वाददाता

धनकुटा । जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । जिससको प्रमुखमा एमालेका निरेन तामाङ्ग र उपप्रमुखमा सावित्रा राईसहित सम्पूर्ण पदमा एमालेका उम्मेद्वार बिजयी भएका हुन् ।

Advertisement

१४ मतदाता रहेको जिससको निर्वाचनमा ९ मतसहित प्रमुख पदमा एमालेका तामाङ्ग निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङ्गले ५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमाले उम्मेद्वार राई ९ मतसहित बिजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी मञ्जु कार्कीले ४ मत प्राप्त गरिन् ।

महिला सदस्यमा इन्दिरा सुब्बा (याखा), कमलकुमारी लिम्बू, सीता भण्डारी (वराल), दलित वा अल्पसङ्ख्यक सदस्यमा वालकुमारी रुचाल, अन्य सदस्यहरुमा टिकाराम मगर, नेत्रबहादुर भण्डारी र रविन्द्र न्यौपाने निर्वाचित भएका छन् ।

जिससमा निर्वाचित पदाधिकारी र सदस्यहरु । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

९ पदका लागि भएको निर्वाचनमा एमाले र कांग्रेसले सबै पदमा उम्मेद्वारी दिएका थिए । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखहरु मात्र मतदाता हुन्छन् । जिल्लाका सात स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेर जिससका पदाधिकारी र सदस्य निर्वाचिन गरेका हुन् । पालिका प्रमुख र उपप्रमुखमा एमालेका ९ जना, कांग्रेसका ४ जना र माओवादी केन्द्रका १ जना छन् । जस अनुसार जिससमा एमालेका सबै उम्मेद्वारले समान ९/९ मत प्राप्त गरे ।

तर, गठबन्धनमा कांग्रेस र माओवादीको जोड्दा पाँच मत पुगेपनि उपप्रमुखमा कांग्रेस उम्मेदवार मञ्जु कार्की र महिला सदस्यका उम्मेदवार सरिता खत्रीले ४/४ मत मात्र प्राप्त गरेका छन् । कांग्रेसका अन्य सबै उम्मेद्वारले ५/५ मत पाउँदा उनीहरुले १/१ मत कम पाएका हुन् ।

यस्तो छ मतपरिणाम

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!