- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ सरकारले दुग्ध उत्पादन किसानलाई दुई रुपैयाँ थप अनुदान दिने भएको छ । प्रदेश १ को प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक बर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो अनुदान दिने जानकारी दिएका हुन् ।

Advertisement

‘दुग्ध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैँयाका दरले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदानको व्यवस्था मिलाएको छु,’ मन्त्री आङबेले भनेका छन् ।

प्रदेशमा उत्पादन हुने उच्च मूल्यमुक्त बाली अदुवा, अलैंची, चिया सुपारी, रुद्राक्षको मूल्य अभिवृद्धि र बजार प्रवर्द्धन गर्नका लागि पाँच करोड विनियोजन गरेका छन् । समग्रमा कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण, विविधिकरणका लागि दुई अर्ब ५९ करोड २३ लाख विनियोजन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!