संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–५ बुढीपुलस्थित कोशी राजमार्गमा लहरीले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ईटहरी उपमहानगरपालिका–२० की ५८ बर्षीया कृष्ण कुमारी खवास छिन् ।

उनका श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको युपी ५७एटी ३८३७ नंम्बरको भारतिय लहरीले ठक्कर दिएको हो । लहरीको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार रहेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान सामान्य घाइते भएका छन् ।

Advertisement

लहरी र लहरी चालक भारतको कुसिनगरका ४५ बर्षीय मन्नु यादवलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!