संगालोखबर सम्बाददाता

 

Advertisement

इलाम । इलामको देउमाई नगरपालिका–३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई–७ का २० बर्षीय शम्भु लिम्बु र माई नगरपालिका–८ का १८ बर्षीय सुमन लिम्बु छन् ।

नेपालटार–मंगलबारे सडक खण्डमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षकसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा प्रदेश १–०३–००१ प १६५५ र को १३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!