संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ को म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी फेदाप गाँउपालिका–५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरेको थियो ।

Advertisement

त्यस्तैगरी पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा बुधवार दिउँसो ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापातर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्करले र विपरित दिशातर्फ आउँदै गरेको को. ५ प २३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका–७ का २६ बर्षीय प्रेम घिसिङ गंभीर घाइते भएका थिए । बिर्तामोडस्थित बि.एण्ड.सि. अस्पतालमा उपचारका क्रममा गएराती पौने १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!