संगालोखबर सम्वाददाता
भाइमाथि बन्चरो प्रहार गर्ने देवराज ।

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ का एक युवाले बन्चरोले हानेर आफ्नै भाइको हत्या गरेका छन् । स्थानीय ३० बर्षीय देबराज धामीले १८ बर्षीय भाई देव कुमारमाथि बन्चरो प्रहार गरेका हुन् ।

घरायसी सामान्य विवादका क्रममा आज बिहान करिब ६ बजे देवराजले भाइमाथि बन्चरो प्रहार गरेका हुन् । टाउकोमा बन्चरोले लागेर गम्भीर घाइते भएका देवकुमारलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

Advertisement

प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि देबराजलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार चुरोटको बिषयमा उनीहरुबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!