संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो पार्टी प्रदेश सभामा सानो भएर पनि ढंग पुर्याएर काम गरेकाले आफु मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । आइतवार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

Advertisement

ढुंग पुर्याएर काम गर्दा दल सानो–ठूलो भन्ने कुराले खासै फरक नपार्ने उनको भनाई छ । ‘ढंग नपुग्दा ठूलो दल पनि बाहिरिनु पर्छ,’ उनले भने, ‘ढंग पुर्याएर काम गर्यो भने म जस्तो १० सिटे पनि मुख्यमन्त्री बनिदो रहेछ ।’ नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध मुख्यमन्त्री राई प्रदेश सभामा गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

फरक प्रशंगमा उनले प्रतिपक्षी दलले नीति तथा कार्यक्रममा विरोधका नाममा विरोध मात्र गरेको टिप्पणी गरे । ‘पुरानै सरकारको नीति तथा कार्यक्रम कपी पेष्ट गरेर ल्याइयो पनि भन्ने अनि यो नीति तथा कार्यक्रम ठिक छैन पनि भन्ने, यो के भन्न खोजेको मैले बुझिन,’ एमाले सांसदहरुलाई लक्षित गर्दै उनले भने, ‘कपी पेष्ट गरेको भन्ने हो भने त पहिले आफुले ल्याएको नीति तथा कार्यक्रम पनि ठिक थिएन भन्ने अर्थ लाग्यो नि ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!