- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेले आज धनकुटामा विरोध प्रदर्शन गरेको छ । एमाले धनकुटा नगर कमिटीको आयोजनामा मुल्यबृद्धि फिर्ताको माग गर्दै जुलुश प्रदर्शन गरिएको हो ।

Advertisement

मदनचौकबाट सुरु भएको विरोध जुलुशले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गर्यो । कालो व्यानर र कालै पट्टी वाधेर निस्किएका एमाले नेता कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा चर्को नारा लगाए । उनीहरुले सरकारविरुद्ध पनि नारावाजी गरे । ‘मूल्यवृद्धि फिर्ता गर, परमादेश सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै उनीहरुले बजारमा प्रदर्शन गरे ।

मदनचोकवाट हुलाकटोल, बीचबजार हुँदै भिमनारायण चोक पुगेर जुलुश कोणसभामा परिणत भयो । सभालाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सदस्य उज्वल किराँतीले सरकारले जनताको समस्यालाई वेवास्ता गरेर मूल्यवृद्धिलाई निरन्तरता दिएमा मुलुकमा विरोधको आधिवेरी आएर परमादेशी सरकारलाई उडाउने चेतावनी दिए ।

एमाले धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङले जनताको ढाड सेक्नेगरी सरकारले मूल्यवृद्धि गरेको भन्दै विरोध जनाए । उनले मूल्यबृद्धि तत्काल फिर्ता नलिए एमालेले आन्दोलनको आधिवेरी ल्याउँने चेतावनीसमेत दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!