संगालोखबर सम्बाददाता

तेह्रथुम । तेह्रथुममा नगद र सुनका गरगहना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का ३५ बर्षीय रोशन तामाङ छन् ।

Advertisement

तामाङले बुधबार दिउँसो फेदाप गाउँपालिका–२ का प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको बेला ढोका फोरेर कोठाभित्र काठको बाकसमा राखेको ५ तोला ५ आना बराबरको सुनका गरगहना र १ हजार रुपैयाँ चोरेर फरार भएका थिए । चोरी भएको सूचना पाएपछि प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको टोलीले चोरीमा संलग्नको खोजी गरिरहेको थियो ।

सोही क्रममा लालिगुराँस नगरपालिका–९ काँडेमा लुकिछिपि बसेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट चोरी भएका सम्पुर्ण गरगहना र नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!