- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विराटनगरको बरगाछी चौकमा कृष्ण प्रसाद कोइरालाको शालिक निर्माण गरिएको छ । ‘पिताजी’ उपनामले चिनिने कोइरालाको शालिक शनिवार एक कार्यक्रमकाबीच अनावरण गरियो । पूर्व राष्ट्रपति डा.रामवरण यादवले पर्दा हटाएर कोइरालाको शालिक अनावरण गरेका हुन् ।

Advertisement

यसअघि बरगाछीमा बरकै स्तम्भ बनाइएको थियो । सडकको विचमा रहेको सो स्तम्भलाई ट्रकले ठक्कर दिँदा भत्कियो । अहिले सोही स्थानमा कोइरालाको शालिक निर्माण गरिएको हो । वि.स. १९३६ मा सिन्धुलीको दुम्जामा जन्मिएका कोइराला त्यसपछि विराटनगर बसाई सरे । उनलाई आधुनिक विराटनगरको संस्थापक भन्ने गरिएको छ ।

राणाकालमा जनताबाट कर उठाउने जिम्मा पाएका उनले राणा शासनको विरोधस्वरुप गरिब ढाक्रेको पसिनाले भिजेको धोती चन्द्र समशेरलाई पठाएका थिए । निरंकुशतन्त्रको विरुद्धमा जागरणका प्रथम अभियन्ता एवं राणाविरोधी आन्दोलनका प्रवर्तक कोइरालाको वि.स. २००१ सालमा हिरासतमै मृत्यु भएको थियो ।

उनका तीन छोरा बीपी, मात्रिका र गिरीजाप्रसाद प्रधानमन्त्री बनेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!