संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ बाट कटुवा पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ का १९ बर्षीय रोहित राई छन् ।

Advertisement

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो । उनको साथबाट एउटा कटुवा पेस्तोल, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल र ट्रामाडोल ३३७५ पिस बरामद भएको छ ।

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!