- संगालोखबर सम्वाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित त्रिवेणी चौकबाट लागुऔषधसहित तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० बर्षीय अभिषेक लावती, २३ बर्षीय कृष्ण कुमार लिम्बु र २१ बर्षीय सुन्दर भुजेल छन् ।

उनीहरु तीनै जना लावतीको कोठामा थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले लावतीको कोठामा खानतलासी गर्दा उनी सुत्ने कोठामा कालो रंगको झोलाभित्र रहेको सेतो पारदर्शी प्लाष्टिकको बट्टभित्र राखिएको अवस्थामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । लावतीको कोठाबाट लागुऔषध डाईजेल्याव १३ एम्पुल, लुपिजेसिक १३ एम्पुल, एभिल १३ एम्पुल, फेनारगन १३ एम्पुल, सिरिन्च ५ थान र ३०० ग्राम गाँजा बरामद भएपछि प्रहरीले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!