रबिन कटेल/संगालोखबर
बुधवार आयोजित पत्रकार सम्मेलन ।

विराटनगर । मोरङका उद्योगी व्यवसायीले आज गर्ने भनेको चक्काजाम नगर्ने भएका छन् । उनीहरुले चक्काजामको सट्टा शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका छन् ।

सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेट तथा नीतिमा गरिएको भन्सार दर हेरफेरका कारण स्टिल तथा वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग संकटमा परेको भन्दै उद्योगी व्यवसायीहरु आक्रोशित छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले वुधवार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर भन्सार दर हेरफेरको नीति तत्काल सच्याउँन माग गर्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

Advertisement

पत्रकार सम्मेलनमा उद्योगी पवनकुमार सारडाले बुधबार रातीसम्म सरकारले माग सुनुवाईमा चासो नदेखाए बिहिबार बिहान १० देखि ११ बजेसम्म एक घण्टा कोशी राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेका थिए । तर, केन्द्रय स्तरका व्यक्तिहरुबाट केही सकारात्मक कुरा आएको र यही बिषयमा जिल्ला प्रशासन कार्यालयले पनि उद्योगीहरुसँग बैठक बोलाएकाले तत्काल चक्काजाम नगरी शान्तिपूर्ण रुपमा प्रदर्शन गरिने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘तत्काल चक्का जाम गरेर नागरिकलाई डिस्टर्व नगर्ने कुरा भयो, सडकको साइडमा बसेर प्रदर्शन गछौं,’ रिजालले संगालोखबरसँग भने ।

उनीहरुले गोकुवा चौकमा आज बिहान ११ बजेदेखि प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसअघि उद्योगी व्यवसायीका नेता र प्रशासनबीच साढे १० बजे बैठक बस्दैछ । प्रशासनसँगको बैठकको निष्कर्ष र केन्द्रको भूमिकाका आधारमा थप आन्दोलनको रणनीति तयार गरिने उद्योगीहरुको भनाई छ ।

यो पनि हेर्नुहोस्…

सरकारी नीतिले वायर, घ्यू तेल र सेनिटरी प्याड उद्योग संकटमा, मोरङका उद्योगी आन्दोलित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!