- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–५ हमेलाका शिक्षक जसन तामाङले गएराती श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । घरायसी विवादका क्रममा ३३ बर्षीय जसनले खुर्पाले हान्दा उनकी श्रीमती २८ बर्षीया सुनिता गम्भीर घाइते भएकी छन् ।

खुर्पा प्रहारबाट सुनिताको बाँया खुट्टा र दाहिने हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । स्थानीयबासीका अनुसार खुर्पा प्रहारबाट घाइते भएकी सुनिता रक्ताम्मे अवस्थामा राती घरबाट भागेर छिमेकमा पुगेकी थिइन् । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट मौनावुधुकबाट पुगेको प्रहरी टोलीले जसनलाई नियन्त्रणमा लिएको छ । उनी स्थानीय मच्छिन्द्र आधारभूत विद्यालयका स्थायी शिक्षक हुन् । उनले श्रीमतीमाथि खुर्पा प्रहार गर्नुको यकिन कारण खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!