- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङ र उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट लागु औषधसहित चार जना पक्राउ परेका छन् । गएराती साढे ७ बजे चौदण्डीगढी नगरपालिका–६ रातमाटेमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी–६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईलाई पक्राउ गरेको हो ।

Advertisement

प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका–१७ मटेरुवामा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले लागुऔषसहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ३८ भी ३२५१ नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र विकाश ठाकुरलाई ३.०६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!