झापा । अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले झापाका विभिन्न होटलबाट १३ जनालाई पक्राउ गरेको छ ।

स्थानीयको व्यापक जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशबकुमार थेबेका अनुसार बिर्तामोडको मेचीकोशी टप होटल एण्ड लजबाट सञ्चालकसहित दुई जोडी, ३६५ क्याफेबाट सञ्चालकसहित २ महिला र ५ भारतीय पुरुष र शनिअर्जुन-११ मा रहेको निषा होटल एण्ड लजबाट एक जोडी पक्राउ परेका छन् ।

उनीहरुमाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!