- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको हिलेमा खेलकुद क्षेत्रको बिकासका लागि स्थानीय युवाहरुले कवड हल निर्माण थालेका छन । युवाहरुको सक्रियतामा स्थानीय टिमुरेमा ५० लाख लगानी पर्ने कवड हल निर्माण थालिएको हो ।

हिले ब्याडमिन्टन क्लवमा आवद्ध युवाहरुको सक्रियतामा निर्माण भईरहेको कवड हलको करिव ४० प्रतिसत काम पुरा भएको ब्याडमिन्टन क्लवका अध्यक्ष राम बहादुर तामाङ गोङ्वाले जानकारी दिए ।

Advertisement
हिलेमा निर्माणाधिन कवड हल । तस्वीर- संगालोखबर

उनका अनुसार कवड हल नहुँदा ब्याडमिन्टन खेल्नका लागि समस्या भएपछि स्थानीय खेलाडी युवाहरुको सक्रियतामा कवड हल निर्माण थालिएको हो । कवड हल निर्माणका लागि पैसा जुटाउन युवाहरुले बिभिन्न गतिबिधी सञ्चालन गर्दै आएका छन ।

पैसा जुटाउँनकै लागि युवाहरुले यसअघि रामनवमी मेलाको अवसरमा हिलेमा मिनी मेला सञ्चालन गरेका थिए । त्यसअघि गत दशैंमा हाउजी खेल खेलाएर पनि युवाहरुले रकम संकलन गरेका थिए ।

कवड हल नहुँदा हिलेका खेलाडीहरुले ब्याडमिन्टन खेल्दै आएको स्थान । तस्वीर-संगालोखबर

कवड हल निर्माणका लागि धनकुटा नगरपालिकाले १ लाख ५० हजार सहयोग गरेको छ । हिले स्थित नेपाली सेनाको २ नं.बाहिनीबाट श्रमदान उपलब्ध भएपछि कवड हल निर्माणमा थप सहज भएको हिले ब्याडमिन्टन क्लवका सचिव प्रेमराज गिरीले बताए ।

बैदेशिक रोजगारीमा रहेका युवाहरुले पनि स्वतस्फुर्त रुपमा सहयोग गरेका छन । निर्माणको काम धमाधम भईरहेकाले बैशाख महिना भित्रै कवड हल निर्माण पुरा गर्ने लक्ष राखिएको छ । हिलेमा कम्तिमा २६ जना ब्याडमिन्टन खेलाडी रहेको ब्याडमिन्टन क्लवले जनाएको छ ।

कवड हलको निर्माण सामाग्रीहरु । तस्वीर-संगालोखबर

कवड हल निर्माण भएपछि खेलमा सहजतासँगै ब्याडमिन्टन खेलको बिस्तारमा टेवा पुग्ने खेलाडीहरु बताउँछन । बहुउद्धेश्य उक्त हल ४ सय मानिस अट्ने क्षमताको हुनेछ ।

हल निर्माण भएपछि खेलकुदसँगै अन्य गतिबिधी सञ्चालनमा पनि सहज हुने ब्याडमिन्टन क्लवका अध्यक्ष तामाङले जानकारी दिए ।

निर्माणाधिन कवड हल र हिले ब्याडमिन्टन क्लवका अध्यक्षको भनाई भिडियोमा हेर्नुहोस्…

https://www.youtube.com/watch?v=8ikd47LiDKU

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!