बनेपा। काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी) को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

Advertisement

यता  बिहीबार अपराह्न ४ बजे परेको चट्याङका कारण सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–३ भट्टराई टोलमा चुडामणि भटृराईको गोठमा आगलागी भएको छ ।

सामान्य बर्सातसँगै परेको चट्याङ लागेर आगलागी हँुदा गोठमा रहेका भैँसी र पाडाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको गोठमा लागेको आगो स्थानीयवासी र नेपाल प्रहरीको प्रयासपछि नियन्त्रणमा आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!