- रबिन कटेल/संगालोखबर

धनकुटा । आसन्न स्थानीय तह निर्वाचनलाई ब्यवस्थित र मर्यादित बनाउँन धनकुटामा क्रियासिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गरी जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनलाई ब्यवस्थित र मर्यादित बनाउँन भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन ।

जिल्लामा क्रियासिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरुले प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर पनि गरेका छन । राजनीतिक दलका नेताले धनकुटामा यस अघि पनि खासै आचारसंहिता उल्लंघन नगरेको दावी गरे ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षीय बैठक । तस्वीर: रबिन कटेल/संगालोखबर

यसअघि आचारसंहिता बिपरीत केही स्थानमा भएका भित्ते लेखनलाई मेट्ने र अव पनि आचारसंहिता पूर्ण पालना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले जानकारी दिए ।

सर्वपक्षीय बैठकले निर्वाचनलाई ब्यवस्थित र मर्यादित बनाउँन प्रमुख जिल्ला अधिकारी उप्रेतिको संयोजकत्वमा राजनीतिक दलका प्रमुखहरु सदस्य रहेको सर्वदलीय निर्वाचन सञ्चालन सहयोग समिति पनि निर्माण गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा दर्ता रहेका १७ वटै राजनीतिक दलका प्रमुखहरु उक्त समितिको सदस्य रहेका छन ।

निर्वाचन प्रचार–प्रसारका शिलसिलामा हुने आमसभा, जुलुश जस्ता कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई कम्तिमा ४८ घण्टा भित्र अनिवार्य जानकारी गराएर स्वीकृति लिने, उपभोग्य बस्तुको कृतिम अभाव हुन नदिने र मतदातालाई सहजताका लागि सञ्चारमाध्यमबाट अन्तरक्रिया लगायत कार्यक्रम सञ्चालन गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!