- धनुका कटेल/संगालोखबर

धनकुटा । धनकुटाका बिभिन्न स्थानमा आज बर्षा र हावाहुरीसँगै परेको चट्याङले आठ जना घाइते भएका छन् । चट्याङका कारण खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकामा र चौबिसे गाउँपालिकामा चार/चार जना घाईते भएका हुन ।

Advertisement

चट्याङ लागेर खाल्सा छिन्ताङ सहिदभूमी गाउ‘पालिका–७ का २६ बर्षीय डगेन्द्र राई, २५ बर्षीया मन्दिरा राई र २ बर्षीय अभिषेक राई गम्भीर घाइते भएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

गंभीर घाईते तीनै जनाको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । त्यसैगरी खाल्सा छिन्ताङ सहिदभूमी गाउ‘पालिका–१ की मिरा राई पनि चट्याङ लागेर घाईते भएकी छन ।

यता चौबिसे गाउँपालिका–३ का अजय लिम्बु, भक्तकुमार लिम्बु र राधिका भण्डारी घाईते भएका छन । इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत कार्यालय सहयोगी पासाङ दोर्जी शेर्पा पनि चट्याङ लागेर घाईते भएकी छन ।

घाइतेहरुको स्थानीय स्वास्थ्य चौकिमा उपचार भइरहेको छ । चट्याङ लागेर चौबिसे गाउँपालिका–३ का गंगाबहादुर लिम्बुको एउटा गोरुसमेत मरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!