- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा बसोवास गर्दै आएका अल्पसंख्यक आठपहरिया जातिका अगुवाहरुले आसन्न स्थानीय तह निर्वाचनमा जाति हेरेर नभई ब्यक्ति छानेर मतदान गर्ने बताएका छन । नेपाल लोकतान्त्रिक किरात आठपहरिया संघ धनकुटाले सोमवार आयोजना गरेको बृहत आठपहरिया भेलामा सहभागिहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा आठपहरिया समाजका केन्द्रिय महासचिव सुर्य आठपहरियाले धनकुटा नगरमा कतिपय पाटीले आठपहरिया जातिबाट उम्मेद्वार उठाएर जातिय रुपमा भोट मागिरहेको भन्दै अव जाति हेरेर नभई ब्यक्ति छानेर आठपहरियाहरुले मतदान गर्ने बताए ।

धनकुटामा आयोजित आठपहरिया जातिको भेला । तस्वीर: रबिन कटेल/संगालोखबर

आठपहरिया समाजका केन्द्रिय सदस्य कमल किन्दाङ्गले पनि आठपहरिया जातिको उम्मेद्वार भनेर नभई धनकुटा नगरको हितमा काम गर्ने सक्षम ब्यक्ति छानेर मतदान गरिने उल्लेख गरे ।

त्यस्तै आठपहरिया समाजका जिल्ला सचिव सन्देश राई, पूर्व जिल्ला सचिव अर्जुन छाराहाङ्ग, नगर अध्यक्ष सचेता छाराहाङ्ग, नेपाल लोकतान्त्रिक किरात आठपहरिया संघका अध्यक्ष अमृत बहादुर राई, आठपहरिया समाजका थाम बहादुर राई, जम्सेर राई लगायतले पनि चुनावको वेला जातिय उम्मेद्वार भन्दै भोट माग्नुको कुनै तुक नभएको दावी गर्दै अव जाति भन्दा माथि उठेर सक्षम ब्यक्तिलाई मतदान गरिने बताए ।

कार्यक्रममा नेकपा एमालेका धनकुटा उपाध्यक्ष दुर्गा लिंखा, एमाले नेता धर्मराज पौडेल, एमालेको तर्फबाट धनकुटा नगरका प्रस्तावित मेयरका उम्मेद्वार चिन्तन तामाङ्ग, एमाले सल्लाहकार परिषद सदस्य लालचन्द गोङ्वा, एमाले नगर ईन्चार्ज नरेन्द्र पोख्रेल लगायतले अन्य चुनावमा आठपहरिया जातिकै उम्मेदवारलाई हराउँन राजनीतिक पार्टीको झण्डा बोकेर हिड्ने र अहिले अरु आधार सकिएपछि जातिय कुरा उठाएर भोट माग्ने काम भईरहेकाले सचेत रहन आठपहरिया समुदायलाई आग्रह गरेका छन ।

धनकुटामा आयोजित आठपहरिया जातिको भेला । तस्वीर: रबिन कटेल/संगालोखबर

उनीहरुले एमालेले सक्षम उम्मेद्वार उठाएको दावी गर्दै नगरको बिकासका लागि एमालेका उम्मेद्वारलाई सुर्य चिन्हमा मतदान गर्न पनि आवहन गरेका छन । वि.स.२०६८ को जनगणना अनुसार आठपहरिया जातिको जनसंख्या ५ हजार ९ सय ७७ रहेको छ । आठपहरियाको मुख्य थलो धनकुटा नगरक्षेत्र हो ।

आठपहरियाको भेलामा कसले के भने ? भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!