बरुण नदीमा आएको बाढीले संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

Advertisement

नदी थुनिएपछि झण्डै २ किलोमिटरको ताल बनेको छ भने बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ । बजारको सिंगो बस्ती जोखिममा छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार ढुंगासहित आएको बाढीले बिहीबार अपराहृन करिव ४ बजेतिर अरुण नदीको बहाव रोकिएको छ । हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यकिन हुन सकेको छैन ।

सीडीओ जोशीले भने, बरुण नदीमा ढुंगा माटोसहितको बाढी आएर अरुण नदीको बहाबलाई रोकेको छ ।’

सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तर पर्ने घटनास्थलमा विहान मात्र प्रहरी टोली पुगेको छ । प्रहरीका अनुसार अरुण नदीको बहाव रोकिँदा झण्डै २ किलोमिटरको ताल बनेको छ ।

यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!