- धनुका कटेल/संगालोखबर

धनकुटा । धनकुटाको मुलघाट नजिक सोमवार अपरान्ह बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन । संखुवासभाको खादवारीबाट धरान तर्फ जाँदै गरेको को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित पाँचगोलाई भन्ने स्थानमा अपरान्ह साँढे चार बजे पल्टिएको हो ।

Advertisement

घाईते सवैलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए । अधिकांस घाईतेहरुको अवस्था सामान्य छ । ब्रेक फेल भएर बस दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ ।

ओरालो बाटोमा ब्रेक फेल भएको बसलाई चालकले भीरबाट जोगाएर भित्तामा ठोकाएकाले गंभीर क्षतिबाट जोगिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार भित्तामा बस नठोकिएको भए घुम्ति मोड्न नसकी ठुलो भीरबाट तमोर नदिमा बस बस्ने संभावना थियो ।

तर, चालकको सावधानीका कारण बस भित्तामा ठोक्किएर सडकमा पल्टिएपछि सडकनै अवरुद्ध भएको थियो । बस सडक वीचमा पल्टिएपछि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड करिव एक घण्टा अवरुद्ध भयो । सडक बन्द भएपछि सयौं सवारी साधन रोकिएर बसेका थिए ।

ट्याक्टरमा डोरी लगाई यात्रुको सहायतामा बसलाई तानेर भित्तापटी पन्छाएपछि साँझ करिव साँढे पाँच बजेबाट यातायात सुचारु भएको मुलघाटका प्रहरी सहायक निरिक्षक राजेश श्रेष्ठले जानकारी दिए ।

बस पल्टिए लगत्तैको भिडियो हेर्नुहोस्…

दुर्घटनाका तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!