- वाईराज विष्ट/संगालोखबर

भोजपुर । भोजपुरमा जिल्ला स्तरीय एन्फा लिग फुटवल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल फुटवल संघको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको स्थानीय आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

Advertisement

प्रतियोगितामा १२ वटा क्लव वीच प्रतिस्प्रधा हुने जिल्ला फुटवल संघका अध्यक्ष प्रविन सुवालले जानकारी दिए । प्रतियोगिताको पहिलो खेलमा कोदार फुटवल क्वलले ४–० गोल अन्तरले लाइवेरी फुटवल क्लवलाई पराजित गरेको छ ।

त्यस्तै दोस्रो खेलमा देउराली फुटवल क्लवले २–० गोलले भोजपुर युथ एकाडेमीलाई हराएको छ । तेस्रो खेलमा सोल्टी युनाइटेड लाई ३–० गोलले पराजित गर्दै सप्तधारा फुटवल क्लव बिजयी भएको छ ।

मंगलवारको पहिलो खेल १२ बैकरोड फुटवल क्लव र देउराली फुटवल क्लव वीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोदार फुटवल क्लव, बैकरोड फुटवल क्लव, दिंला फुटवल क्लव, सप्तधारा फुटवल क्लव, भोजपुर युवा क्लव, रिमाचुङ स्पोर्र्ट एकेडेमी, होम्ताङ्ग फुटवल क्लव, लाइवेरी फुटवल क्लव, देउराली फुटवल क्लव, नमुना फुटवल क्लव, भोजपुर युथ एकाडेमी र द सोल्टी युनाइटेडको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजयी टिमले २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन । त्यस्तै उप–विजेताले १० हजार नगद र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले पूर्वाञ्चल स्तरीय खेलमा सहभागिता जनाउन पाउने छन । जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा सोमबारबाट सुरु प्रतियोगिता आगामी शनिवारसम्म सञ्चालन हुने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!