- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । कृषि ब्यवसायलाई थप ब्यवस्थित गर्दै कृषकहरुलाई समय अनकुल प्रबिधिको पहुँचमा पुर्याउँन धनकुटाका किसानहरुलाई मोवाईलसहित बिभिन्न सामाग्री प्रदान गरिएको छ ।

कृषि मन्त्रालयको आयोजना ब्यवस्थापन इकाइले बिहिवार धनकुटामा कार्यक्रम आयोजना गरी जिल्लाका ४३ कृषक समुहलाई सामाग्री प्रदान गरेको हो । कृषकहरुलाई कृषि सम्बन्धी बिषयमा जानकारी र पेशागत समस्या समाधानमा सहजताका लागि ‘कृषि सिम’ सहितको सामसुङ कम्पनीको जे-फाईव एन्ड्रोइड मोवाईल प्रदान गरिएको छ ।

Advertisement
कृषकलाई मोवाईल प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती । तस्वीर: संगालोखबर

त्यस्तै बर्षा मापनका लागि रेनगेज नामक उपकरण र तापक्रम मापनका लागि थर्ममिटर पनि प्रदान गरिएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाका बाली संरक्षण अधिकृत छविलाल घिमिरेले जानकारी दिए ।

जिल्ला पशुसेवा कार्यालयको सिफारिसमा धनकुटाका १६ पशुपालक कृषक समुह र कृषि बिकास कार्यालयको सिफारिसमा २६ कृषक समुह छनौट गरी उक्त सामाग्री प्रदान गरिएको हो ।

कृषकलाई सामाग्री प्रदान गर्न आयोजित कार्यक्रम । तस्वीर: संगालोखबर

कृषक समुहलाई उपलब्ध गराईएको उक्त समाग्री मार्फत समुहमा आवद्ध सवै कृषकले सेवा लिन सक्नेछन । कृषकहरुलाई प्रदान गरिएको मावाईलमा ‘हाम्रो कृषि’ नामक एप्लिकेसन राखेर कृषकहरुलाई कृषि सम्बन्धी जानकारी उपलब्ध गराईनेछ ।

कृषकलाई प्रदान गरिएको नमस्ते मोवाईलको ‘कृषि सिम’ मार्फत हरेक महिना १५ एमवी ईन्टरनेट डाटा उपलब्ध गराईने र सोही डाटा मार्फत कृषकहरुले ईन्टरनेटको माध्यमबाट कृषि जानकारी लिनसक्ने बताईएको छ ।

कृषकलाई मोवाईल प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती । तस्वीर: संगालोखबर

बर्षा हुँने, मौसम सफा हुँने लगायत मौसम परिवर्तनको बिषयमा कृषकहरुलाई सोही मावाईल मार्फत जानकारी गराईने हुनाले कृषकहरुलाई सहज हुने कृषि मन्त्रालयका अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । सामाग्री पाएपछि कृषकहरुले खुसी ब्याक्त गरेका छन ।

उनीहरुले नियमित रुपमा कृषि पेशा सम्बन्धी जानकारी उपलब्ध गराएर कृषकहरुलाई सहजता प्रदान गर्न आग्रह पनि गरेका छन । धनकुटा, सुनसरी, झापा लगायत २५ जिल्लामा उक्त सामाग्री बितरण थालिएको कृषि मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!