वाईराज विष्ट/संगालोखबर

भोजपुर । भोजपुरमा बिना इजाजत सुर्तीजन्य पदार्थ विक्रि वितरण भईरहेको पाईएको छ । वजार क्षेत्रका पसलमा अनुगमनका क्रममा यस्तो भेटिएको हो । व्यवसाय दर्ता गरि आन्तरिक राजश्व कार्यालयबाट इजाजत लिएरमात्र सुर्तीजन्य पदार्थ बिक्रि गर्नुपर्ने प्रावधान छ ।

Advertisement

तर, भोजपुर बजारस्थित किराना, होटल, खाद्यान्न पसलहरुमा अनुगमन गर्दा अधिकांस पसलले इजाजत पत्र नलिई सूर्तीजन्य पदार्थको विक्री वितरण गरेको पाईएकाले सचेत गराईएको धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेले जानकारी दिए ।

प्रहरी, प्रशासन, स्वास्थ्य कार्यालय, पत्रकार र उद्योग वाणिज्य संघका प्रतिनिधीसहितको अनुगमन टोलीले सूर्तीजन्य पदार्थ विक्रि वितरणका लागि तत्काल छुट्टै इजाजत पत्र लिनुपर्ने, अठार वर्ष उमेर पुरा नभएकालाई विक्रि वितरण गर्न नपाईने, किराना तथा खाद्यान्न पसलहरुमा चुरोट, विंडी, खैनीसूर्ती र मदिरा विक्रि नगर्न सुझाव दिएको छ ।

अर्को पटक अनुगमनमा इजाजत नलिई विक्रि वितरण गरेको पाईए कारबाही गरिने अनुगमन टोलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!