- धनुका कटेल/संगालोखबर

धनकुटा । पूर्वी पहाडी जिल्लामै पहिलो पटक धनकुटामा महिन्द्रा टू व्हीलरको सोरुम उद्घाटन गरिएको छ । निसान ईन्टरप्राईजेजले धनकुटा–७ जिरोपईन्टमा खोलेको सोरुमको बुधवार उद्घाटन गरिएको हो ।

उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष उमेश घिमिरे र महिन्द्रा टू व्हीलरको आधिकारीक बिक्रेता अग्नी मोटोइंक प्रा.लि.का क्षेत्रीय प्रबन्धक गोपाल श्रेष्ठले रिवन काटेर सोरुम उद्घाटन गरेका हुन ।

Advertisement
धनकुटाको जिरोपईन्टमा उद्घाटन गरिएको महिन्द्राको सोरुम । तस्वीर-संगालोखबर

सोरुम उद्घाटन गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरे र अग्नी मोटोइंक प्रा.लि.का क्षेत्रीय प्रबन्धक श्रेष्ठले पूर्वी पहाडी जिल्लाका ग्राहकहरुलाई सोरुमले राहत मिल्ने बताएका छन ।

धनकुटामा खुलेको यो सोरुम नेपालको २७ औं महिन्द्रा टू व्हीलर सोरुम हो ।

नयाँ सोरुममा राखिएका स्कुटर र वाईक । तस्वीर-संगालोखबर

धनकुटासहित छिमेकी पहाडी जिल्लाका ग्राहकले महिन्द्राको स्कुटर र मोटरसाईकल किन्न धरान पुग्नुपर्ने बाध्यता थियो ।

तर, अव धनकुटामै महिन्द्राको मोटरसाईकल र स्कुटरसहित त्यसका सम्पुर्ण सामान र मर्मत पनि सहज रुपमा उपलब्ध हुने सोरुम सञ्चालक नारायण श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!