रबिन कटेल/संगालोखबर

धनकुटा । स्थानीय तह निर्वाचनका लागि धनकुटामा क्रियासिल राजनीतिक दलहरु उम्मेदवार छान्ने दौडधुपमा छन । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा काग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार छनौटको प्रकृयालाई अन्तिम चरणमा पुर्याएका छन ।

Advertisement

प्रमुख तीन दल मध्ये उम्मेदवार छान्ने क्रममा एमाले अगाडी देखिएको छ ।

नेकपा एमाले धनकुटाको पार्टी कार्यालय । तस्वीर-संगालोखबर

एमालेले सात वटै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाउँन रायसुझावसहित आईतवार प्रदेश कमिटिमा नाम पठाएको छ । एमालेले धनकुटाका ६० वडा मध्ये केही बाहेक अधिकांस वडाका उम्मेदवार छनौट सकेको प्रचार बिभाग प्रमुख नैन बिश्वकर्माले जानकारी दिए ।

उनका अनुसार तीन नगरपालिकाका मेयर, उप–मेयर र चार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको टुंगो लगाउँनका लागि प्रदेश संगठन कमिटिमा पठाईएको हो । जिल्लाका सात वटै स्थानीय तहका प्रमुख र उप–प्रमुखको उम्मेदवारका लागि एमालेले बढीमा तीन–तीन जनाको नाम पठाईएको छ । प्रदेशबाट केही दिन भित्रै उम्मेदवार टुंगो लाग्ने एमाले धनकुटाले जनाएको छ ।

नेपाली काग्रेस धनकुटाको पार्टी कार्यालय । तस्वीर-संगालोखबर

यता काग्रेसले पनि उम्मेदवार छनौटका लागि आईतवारबाट क्षेत्रीय समितिमा छलफल सुरु गरेको छ । वडा कार्यसमितिबाट गाउँ कार्यसमिति हुँदै आएका उम्मेदवारका बिषयमा क्षेत्रीय समितिमा छलफल थालिएको काग्रेस सचिव बिजयसन्तोषी राईले जानकारी दिए । उनका अनुसार धेरै वडा सर्वसम्मत भएका छन ।

अव स्थानीय तहका प्रमुख र उप–प्रमुखका उम्मेदवारको बिषयमा क्षेत्रीय समितिमा छलफल गरेर जिल्ला समिति हुँदै केन्द्रिय प्रतिनिधीले उम्मेदवार टुंग्याउँने छन । १३ गते भित्र उम्मेद्वारको टुंगो लगाउँने कार्यतालिका भएपनि निर्वाचनको मिति सरेकाले केही ढिलाई हुने सचिव राईले बताए ।

नेकपा माओवादी केन्द्र धनकुटाको पार्टी कार्यालय । तस्वीर-संगालोखबर

त्यस्तैगरी माओवादी केन्द्रले पनि उम्मेद्वार छनौटको क्रमलाई जारी राखेको छ । करिव ५० वटा वडाको उम्मेदवार टुंगो लगाईसकिएको माओवादी केन्द्रका सह–ईन्चार्ज उज्वल किरातीले जानकारी दिए । अव १५ गते भित्र सवै वडाको उम्मेदवार टुंग्याईने छ । माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उप–प्रमुखका उम्मेदवार टुंग्याउँनलाई भने केही ढिलाई गर्ने भएको छ ।

स्थानीय निर्वाचनको मिति सरेकाले कार्यतालिका केहि पछि सारेर बैशाख भित्रमा सवै उम्मेदवारको टुंगो लगाईने सह–ईन्चार्ज किरातीले जानकारी दिए । नयाँ संरचन अनुसार धनकुटामा सात वटा स्थानीय तह भएका छन । धनकुटा, पाख्रीवास र महालक्ष्मी नगरपालिका भएका छन भने छथर जोरपाटी, खाल्सा छिन्ताङ्ग सहीदभूमी, साँघुरीगढी र चौबिसे गाउँपालिका बनेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!