नमुना तस्वीर

गाईघाट (उदयपुर) । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला पर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला पर्नुभएको हो । स्थानीयवासी गोठालाले साँझपख गाईवस्तु जङ्गलबाट घर फर्काउने क्रममा राईलाई मृतावस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

दाहसंस्कार गर्न प्रहरीले मृतकका आफन्तलाई जिम्मा लगाएको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताउनुभयो । शवका छेउमा एउटा विषादी वस्तुको सिसी भेटिएको जनाइएको छ ।

शिक्षक राईले १५ दिन अघिदेखि नै घरमा अनौठो व्यवहार देखाउन थालेका थिए । छोराको विवाह सम्पन्न भएको भोलिपल्टदेखि नै राई घरबाट बेपत्ता भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!