- धनुका कटेल/संगालोखबर
दुर्घटना भएको जीप । तस्वीर सौजन्य- मदन घिमिरे

धनकुटा । धनकुटा र संखुवासभाको सिमा स्थित पिलुवा खोला नजिक आज अपरान्ह जीप दुर्घटना हुँदा ८ जना घाईते भएका छन । भोजपुरबाट संखुवासभा जाँदै गरेको ग १ ज ५१९३ नम्बरको जीत सडकबाट पल्टिएको हो ।

दुर्घटनामा परी घाईते भएकाहरुलाई उद्धार गरी धनकुटा ल्याईदै गरेको पूर्व मन्त्रि सुनिल बहादुर थापाका स्वकीय सचिव मदन घिमिरेले जानकारी दिए ।

उनका अनुसार पूर्व मन्त्री थापासहितका नेता कार्यकर्ताहरु संखुवासभाको कार्यक्रमबाट फर्कने क्रममा दुर्घटना भएको फेला पारेर घाईतेलाई उद्धार गरी धनकुटा अस्पताल तर्फ ल्याईदै गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!