- संगालोखबर सम्वाददाता

धनकुटा । संघीय गठबन्धनले मंगलवार साँझ धनकुटामा निकालेको मसाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । संबिधान संशोधनको माग पुरा नगरी स्थानीय तह निर्वाचन गर्न लागिएको बिरोधमा गठबन्धन आवद्ध दलहरुले मसाल जुलुश निकालेका हुन ।

Advertisement

मदनचौक स्थित संघीय समाजवादी फोरमको कार्यालयबाट मसाल जुलुश निश्किएको थियो । जुलुश निश्कनासाथ प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको हो । मसाल जुलुश निश्कने कार्यक्रम जानकारी पाएर सो क्षेत्रमा दर्जनौ सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

संघिय समाजवादी फोरम र लिम्बुवानका जिल्ला तहका नेता कार्यकर्ताहरु नारावाजी गर्दै मसाल लिएर निशिकएका थिए । उनीहरु हुलाकटोल पुग्न नपाउँदै प्रहरीले मसाल खोसेर निभाएको हो ।

यसैवीच राँके जुलुशपछि मदनचोकमा कोणसभा भएको थियो । कोणसभालाई संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य आरसी तुम्वा र संघीय लिम्वुवान पार्टीका नेतृ सरकुमारी आठपहरियाले संबोधन गरेका थिए ।

प्रहरीले मसाल जुलुशमा हस्तक्षेप गरेको प्रति बिरोध जनाउँदै उनीहरुले सरकारले संबिधान संशोधनको माग पुरा नगरे आन्दोलन थप चर्काउँने चेतावनी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!