- धनुका कटेल/संगालोखबर

धनकुटा । योङ्ग कम्युनिष्ट लीग (वाईसिएल) धनकुटाको छौठौं एकता जिल्ला सम्मेलन सोमवार सम्पन्न भएको छ । पार्टी एकतापछि जिल्लामा वाईसिएलको एकता सम्मेलन भएको हो । सम्मेलनले असिम राईलाई अध्यक्षमा चयन गरेको छ ।

त्यस्तैगरी उपाध्यक्षमा दलबहादुर तामाङ्ग, सृजन खड्का, दिनेश लिम्बु, सचिवमा रामचन्द्र खड्का, सह–सचिवमा कृष्ण कार्की, जगत सिजाली, मनोज श्रेष्ठ र कोषाध्यक्षमा टिका मगर चयन भएका छन । सम्मेलनले समितिको लेखा प्रमुखमा ईश्वरी पराजुली र अनुशासन प्रमुखमा बिजय घिमिरेलाई चयन गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सह–ईन्चार्ज उज्वल किरातीले जानकारी दिए ।

सम्मेलनमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं धनकुटा ईन्चाज हेमराज भण्डारी, वाईसिएलका प्रदेश ईन्चार्ज नन्दराम कडरिया, माओवादी केन्द्रका जिल्ला सह–ईन्चाज उज्वल किराती, वाईसिएलका प्रदेश संयोजक पूर्ण बहादुर भुजेल, प्रदेश कार्यालय सचिव मिङमा डन्डु सेर्पा, केन्द्रिय सदस्य वलदिप राई लगायतले संबोधन गर्दै वाईसिएललाई शसक्त बनाउँदै स्थानीय तह चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन ।

वाईसीएल एकता सम्मेलनका तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!