सम्मेवामा प्रहरी पोष्ट
धनकुटा । चौबिसे गाउँपालिका–८ सम्मेवामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष खजिन्द्र राई र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले प्रहरी पोष्टको संयुक्त उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले सम्मेवावासीको करिब ८ वर्ष अघिदेखिको माग र धनकुटा–मोरङ सिमावर्ती क्षेत्रमा बढेको सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सम्मेवामा प्रहरी पोष्ट स्थापना गरिएको बताए ...































