- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कागती स्तम्भ तस्वीर प्रतियोगितामा धनकुटा–७ सितलपाटीकी सजिना बस्नेत बिजयी भएकी छन् । कागतीको स्तम्भमा खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्वीरमा सर्वाधिक ७ हजार ४ सय लाईक पाउँदै बस्नेत बिजयी बनेकी हुन् । एक महिने प्रतियोगितामा सर्वाधिक लाईक पाउँने बस्नेतलाई आज बिजयी घोषणा गरिएको हो ।

Advertisement

त्यस्तै ६ हजार ६ सय लाईकसहित धनकुटा–४ देब्रेबासकी अस्मिता श्रेष्ठ द्वितीय भएकी छन् । यता, पाख्रीवास–७ को हामी नेपाली समुह तृृतिय बनेको छ । प्रथम, द्वितीय र तृतीयले क्रमसः २५ हजार, १५ हजार र १० हजार पाउँनेछन् । कोरोनाको जोखिम कम भएपछि कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत गरिने प्रतियोगिता आयोजक समूहका युवा एवं धनकुटा–३ का वडाध्यक्ष बिकास घिमिरेले जानकारी दिए ।

त्यस्तैगरी कागतीको स्तम्भमा खिचिएको तस्वीरमा १ हजार भन्दा बढी लाईक पाउँने समन श्रेष्ठ, लबिका राई, मोनिका डंगोल, दिपा राई, सोस्तिका राई, प्रकाश खत्री, कोपिला राई, लक्ष्मी राई र रेजिन कार्कीलाई पनि मायाँको चिनो प्रदान गरिने भएको छ ।

धनकुटा नगरपालिका–३ कागतेमा निर्माण गरिएको कागतीको स्तम्भमा खिचिएको तस्वीरमा सर्वाधिक लाईक पाउँनेलाई पुरस्कृत गर्न कागतेका युवाहरुको अगुवाईमा असार २० गतेबाट प्रतियोगिता सुरु भएको थियो । धनकुटा–३ का वडाध्यक्ष घिमिरे, सिंगापुरमा रहेका कुमार श्रेष्ठ, हङकङमा रहेका सुरेश याक्सो लगायत युवाहरुले कागतीको स्तम्भको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!