संगालोखबर सम्बाददाता

झापा । झापामा खालाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । स्थानीय डुबे खोलाले बगाउँदा संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ३० बर्षीय सुगम राईको मृत्यु भएको हो ।

Advertisement

श्रीमती र साथीहरुसँगै दहिझोडा सामुदायिक वनतर्फ गएका राईलाई बाटोमा रहेको खोला तर्ने क्रममा बगाएको हो । खोलाले बगाएका राईलाई साथीहरुले मृत अवस्थामा खोलाबाट निकालेर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तैगरी झापाको कन्काई नगरपालिकामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । कन्काई–४ का २७ बर्षीय कमल मुखियालाई माई खोलाको बाढीले बगाएको हो ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा मुखियालाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । स्थानीयबासी र प्रहरीले उनको खोजी गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!