- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । चौबिसे गाउँपालिका–८ सम्मेवामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष खजिन्द्र राई र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले प्रहरी पोष्टको संयुक्त उद्घाटन गरेका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले सम्मेवावासीको करिब ८ वर्ष अघिदेखिको माग र धनकुटा–मोरङ सिमावर्ती क्षेत्रमा बढेको सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सम्मेवामा प्रहरी पोष्ट स्थापना गरिएको बताए । प्रमुख जिल्ला अधिकारी विमलीले नागरिकको सहयोगले मात्र सुरक्षा व्यवस्था मजबुत हुन सक्ने भन्दै शान्ति सुरक्षा कायम गर्न सबै मिलेर अघि बढ्न आग्रह गरे ।

प्रहरी प्रधान कार्यालयले साउन ७ गते स्वीकृत गरे अनुसार असईको नेतृत्वमा ७ जना प्रहरी रहने गरी प्रहरी पोष्ट स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!