- संगालोखबर सम्बाददाता

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा गएराती एक युवाले चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेका छन् । केपिलासगढी–१ का २७ बर्षीय राकेश राईले राती करिब ९ बजे स्थानीय ५६ बर्षीय जबरधन राईलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।

Advertisement

सामान्य विवादका क्रममा आबेगमा आई राकेशले चिर्पटले हान्दा जबरधनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राकेशले चिर्पट प्रहार गर्दा जबरधन घाईते भएका थिए । उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै उनको मृत्यु भएको हो ।

घटनापश्चात राकेश फरार थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी खार्ताम्छाबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । राकेशलाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!