- संगालोखबर सम्बाददाता

विराटनगर । बिराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आईसोलेशनमा उपचारका क्रममा विराटनगर–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । कलेजोसम्बन्धि समस्याबाट पनि ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या तीन पुगेको छ । यसअघि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक जना र कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!