- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का थप ५७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । ९ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा मोरङ, झापा र सुनसरीका १८ महिला र ३९ पुरुषमा कोरोना संक्रमण भेटिएको हो । मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सबैभन्दा धेरै १६ पुरुष र ६ महिला गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी रंगेली नगरपालिकामा १३ पुरुष र ९ महिला गरी २२ जना र कटहरीमा २ महिलामा कोरोना संक्रमण भेटिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा ५ पुरुष, विर्तामोड नगरपालिकामा १ महिला, सुनसरीको इटहरी उपमहानगरपालिकामा ३, धरान उपमहानगरपालिकामा १ र इनरुवा नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । जसमध्ये ८ सय २९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । आज पनि प्रदेश १ बाट ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुनसरीका ४ पुरुष र उदयपुरका ३ महिला १ पुरुष डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!