- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङ र सुनसरीमा आईतबार २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

विराटनगरका ४ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बुढिगंगाका १ जना, कटहरीका २ जना र ग्रामथानका १ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धरान उपमहानगरपालिकामा १ महिला र १० पुरुष, बराहक्षेत्रमा १ र इटहरी उपमहानगरपालिकाका १ पुरुष गरी ११ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!