- संगालोखबर सम्बाददाता

विराटनगर । बिराटनगर महानगरपालिकामा आगामी १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि महानगरपालिकाले शनिबार राती १२ बजेदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो ।

Advertisement

लकडाउन घोषणा गरेर अत्यावश्यक सेवाबाहेक बजार पसल र आवतजावतमा रोक लगाईएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । उनका अनुसार लकडाउनको प्रोटोकल महानगरले जारी गर्नेछ ।

विराटनगरमा समुदायस्तरमै कोरोना संक्रमित भेटिने क्रम बढ्दै गएपछि संक्रमण रोकथामका लागि महानगरले लकडाउन घोषणा गरेको हो । शुक्रबार मात्रै बिराटनगरमा १० जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म बिराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!